सप्तरीको सिमा नाकामा अझै राेकिएन तस्करी ……प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी भइरहेको खुलासा…….?
५० रुपैयाँ पर्ने मामा श्री मदिरा ...भारतीय बजारमा तेब्बर मुल्यमा खुल्लेअाम बिक्रीवितरण
मिति: २०२३-०३-२६ , समय : २३:१२:३९ , शुभ नारायण यादब
मिति: २०२३-०३-२६ , समय : २३:१२:३९ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज । पछिल्लोपटक सप्तरीका सबै सिमावर्ति नाकाहरु खुल्लेअाम रुपमा भइरहेको तस्करी अझै राेकिएकाे छेन । सीमा सुरक्षा, तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको पाइएको छ।
भारतीय सीमानाकासँग जोडिएको सप्तरीका ग्रामीण भेगहरुमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको खुलेको हो। साेहि क्रममा गामघर डटकम तथा गामघर टिभिकाे टिमले पछिल्लो केही समय यता सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा भइरहेको खुल्लेअाम तस्करी भइरहेको समाचारकाे स्थलगत रिपोर्टिङ गर्दै अाइरहेकाे छ । साेहि क्रममा सप्तरीका अधिकाश सिमावर्ति नाकाहरुमा खटिएका सशस्त्र तथा नेपाल प्रहरीकै मिलाेमताेमा सप्तरीमा तस्करी भइरहेको स्रोतले जनाएको छ । सप्तरीको प्राय सबै सिमावर्ति नाकाहरुबाट स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा अबैध समानहरु सेटिङ्ग अर्थात महिनावारी लाइन मिलान गरेर खुल्लेअाम रुपमा तस्करी भइरहेको सत्य तत्य सबुत प्रमाण सहित फेला पार्न सफल भएका छाे। सिमामा खटिएका सशस्त्र तथा जनपद प्रहरीकै सङलग्नतामा पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा खुल्लेअाम रुपमा तस्करी भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार सिमामा खटिएका सशस्त्र तथा जनपद प्रहरीहरुले महिनावारी रकम असुली लाइन मिलान गरि जिल्लाकाे विभिन्न सिमावर्ति नाकाहरुबाट अबैध गाजा सहित मदिरा , किराना समान , लताकपडा , रजनिगन्धा , साेना ,चादि ,कवाडी समान ,माछा लगायतका समानहरु सिमामा खटिएका प्रहरी प्रशासनकाे मिलाेमताेमा खुल्लेअाम तस्करी भइरहेको छ । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुबाट खुल्लेअाम प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी भइरहेको खुलासा भएको छ । सप्तरीको सिमावर्ति नाकाहरुमा खटिएका सशस्त्र तथा जनपद प्रहरीका सादा पाेशाकका प्रहरीकाे मिलाेमताे तथा सेटिङ्गमा खुल्लेअाम रुपमा तस्करी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी प्रशासनकाे मिलाेमताेमा रातिको समयमा यसरी हुदेछ सप्तरीको सिमावर्ति नाकामा मदिरा लगायतका समानहरु तस्करी …
पछिल्लोपटक सप्तरीको पाताे ,बनेनिया , छिन्नमस्ताकाे गाेविन्दपुर ,तिलाठि , कुनाेलि बाेर्डर ,भारदह ,काेशि ब्यारेज ,काेइलाडि बरसाइन ,देउरि ,काचन ,रामनगर लगायतका नाका भएर दिनहु लाखौंको अबेध मदिरा ( रक्सी ) मात्रै तस्करी भइरहेको छ । नेपालमा ५० रुपैयाँ पर्ने मामा श्री मदिरा छिमेकि भारतीय बजारमा तेब्बर मुल्यमा खुल्लेअाम बिक्रीवितरण भइरहेको पाइएको छ । रक्सि तस्कर तथा रक्सी डिलरसग स्थानीय प्रहरी प्रशासनकाे सेटिङ्गमा खुल्लेअाम रुपमा मदिरा तस्करी भइरहेको प्रमाण फेला परेको छ । तस्करहरुले दिनभरि प्यान बिलकाे अाधारमा सिमावर्ति बाेर्डर नजिक मदिरा तस्करी गरि रातिकाे समयमा साइकल ,माेटरसाइकल तथा ठाउँकोमा मदिरा तस्करी भइरहेको स्रोतले जनाएको छ । स्रोतकाअनुसार एक पटक मदिरा लगे बापत सिमामा खटिएका सशस्त्र प्रहरीलाई एक सय रुपैयाँ देखि पाँच सय रुपैयाँ सम्म दिने गरेको छ । यता दिनभरि मदिरा तस्करी गरि राति सिमावर्ति नाका भएर मदिरा तस्करी गरिरहेको प्रमाण समेत फेला परेको छ ।
सप्तरीको सबै नाका खुल्ला: दिनहुँ लाखौंको रकम असुल्दै प्रहरी प्रशासन…. सप्तरीको काेशि ब्यारेज नाकाबाट अबैध गाई गाेरु तथा पशु चाेपायादेखि अबैध मदिरा तथा गाजा सम्म तस्करी भइरहेको प्रमाण फेला परेको छ । त्यस्तै किराना समानका साथै कपडा , रजनिगन्धा ,सुर्ति ,मस्तावा ,काेष्मेटिक, लगायतका समानहरु नेपालबाट भारत तथा भारतबाट नेपाल प्रहरी प्रशासनकाे मिलाेमताेका तस्करी भइरहेको प्रहरी प्रशासनके उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार जिल्लाकाे सबै सिमावर्ति नाकाहरुमा यस्तै मिहनावारि मिलाएर प्रहरी प्रशासनके सेटिङ्गमा खुल्लेअाम रुपमा तस्करी भइरहेको छ । यसेगरि सप्तरीको बनेनिया र पाताे नाका भएर सबैभन्दा बढि अबैध मदिरा तथा अन्य समानहरु खुल्लेअाम तस्करी भइरहेको पाइन्छ । त्यस्तै पाताे बनेनिया भएर दिनहुँ लाखौंको अबैध मदिरा मात्र नेपालबाट भारततर्फ तस्करी भइरहेको स्रोतकाे दाबि छ । यसेगरि सप्तरीको बेल्हि भएर अहिले खुल्लेअाम रुपमा अबैध वालुवा र गिटि चाेरि तस्करी भइरहेको छ । यसेगरि सप्तरीको पाताे ,बनेनिया , रामनगर काेदरकटि तिलाठि हनुमाननगर ,भारदह ,छिन्नमस्ता गाेबिन्दपुर, काेशि ब्यारेज लगायतका नाकाहरुका अबैध मदिराका साथै रजनिगन्धा , कपडा , किराना समानका साथै साेना र चादि समेत खुल्लेअाम स्थानीय प्रहरी प्रशासनके मिलाेमताेमा हुने गरेको स्रोतले जनाएको छ । नाेट: सिमामा प्रहरी प्रशासनकाे मिलाेमताेमा भइरहेको तस्करीको तस्बिर र भिडियो गामघर टिभिकाे साथ सबुत प्रमाण सुरक्षित छ ।
प्रकाशित मिति: २०२३-०३-२६ , समय : २३:१२:३९ , २ वर्ष अगाडि