कन्चनरुपमा भवन निर्माणमा चाेरिकाे बालुवा प्रयोग
मिति: २०२३-०२-२३ , समय : १४:२६:५४ , गामघर डेस्क
मिति: २०२३-०२-२३ , समय : १४:२६:५४ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी । शीटाप्पु वन्यजन्तु आरक्ष कार्यालयको रेञ्जर लक्ष्मण कुमार मेहता र लामा रायुष कन्ट्रशनसँग सेटिंग ः जनता बालुवाको सिफारिस माग्दा नपाउने तर ठेकेदार कम्पनीलाई जति पनि उपलब्ध । कम्पनीलाई बालुवा निकाल्न लेखेको पत्रमा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न उल्लेख ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ मा मुल्य अभिवृद्धि कर बाहेक १९ करोडभन्दा बढीको लागतमा निमार्णधिन १५ शैयाको अस्पताल र नगरपालिकाको प्रशासकीय भवनमा कमशल बालुवा प्रयोग भइरहेको पुष्टि भएको छ । कोशी टाप्पु वन्यजन्तु आरक्ष अन्तर्गत बगेर जाने पौडा खोला पूर्वी क्षेत्र (कञ्चनपुर फत्तेपुर सडकभन्दा पूर्व)को बालुवा प्रयोग भइरहेको पाइएको छ । खासगरि मध्यवर्ति क्षेत्रका सर्वसाधरणहरुका लागि घर निमार्ण गर्दा केही ट्रयाक्टर बालुवा निकाल्न अनुमति दिने कोशीटप्पु वन्यजत्नु आरक्ष कार्यालयको पथरी सेक्टर कार्यालयका रेञ्जर लक्ष्मणकुमार मेहताले लामा रायुष कन्ट्रशनसँग आर्थिक लाभ लिएर बालुवा निकाल्न सिफारिस दिएको छ । सर्वसाधरणले सिफारिस माग्दा नपाइने तर करोडौमा ठेक्का पाएका कम्पनीका लागि सहज रुपमा बालुवाको लागि सिफारिस दिने ?
मुल्य अभिवृद्धि कर बाहेक १० करोड ३७ लाख ८० हजार २ सय ६० रुपैयामा लागतमा निमार्णधिन अस्पताल र मुल्य अभिवृद्धि कर बाहेक सम्पुरक कोषको ८ करोड ५८ लाख ६६ हजार ८ सय ५ रुपियाँ ६३ पैसामा साढे तीन ताल्लाको प्रशासकीय भवन निमार्णमा कोशीटाप्पु वन्यजन्तु आरक्ष कार्यालय सयौं ट्रयाक्टर चोरीको बालुवा प्रयोग भइरहेको पाइएको छ । भाेला पासवानकाे फेसबुक वालबाट
प्रकाशित मिति: २०२३-०२-२३ , समय : १४:२६:५४ , २ वर्ष अगाडि