कोशी प्रदेश : चैत ५ मा भएको घटनाको छानविन गर्न समिति गठन गरिने

मिति: २०२३-०३-२५ , समय : ११:५९:३४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

सुनसरी ।
सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : ११:५९:३४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित