नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

मिति: २०२३-०३-२४ , समय : १७:००:३० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
नेपालको साक्षरता दर १० वर्षमा १०.४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।

पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको छ। ०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।

तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना ०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत कम रहेको बताए । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०३-२४ , समय : १७:००:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित