नेहाकी पति डा. पंकजलाई तीनलाख धरौटीमा जेलमुक्त गर्न आदेश
मिति: २०२३-०३-२४ , समय : ०५:१९:२० , गामघर डेस्क
मिति: २०२३-०३-२४ , समय : ०५:१९:२० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
नेहा चौधरीकी पति डा. पंकज चौधरीलाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । बिहीबार उच्च अदालतले तीनलाख रुपैयाँ धरौटीमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का डां चौधरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको राजिष्टार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।
दाइजोसम्बन्धी कसूरमा पंकज २२ पुसमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका थिए । उनलाई जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको थियो । दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी महोत्तरीकी औरही नगरपालिका –१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् ।
दाइजो सम्बन्धीको कसुरमा मुद्दा परेपछि फरार रहेका पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० गत जलेश्वर कारागार चलान भएका थिए । महोत्तरी जिल्ला अदालतको आदेशमा चलाउन भएका उनी थुनामै छन् ।
प्रकाशित मिति: २०२३-०३-२४ , समय : ०५:१९:२० , २ वर्ष अगाडि