रुपनी गापामा संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान शुरु

मिति: २०२३-०३-२३ , समय : १९:२५:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको रुपनी गाउपालिकामा संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान शुरु भएको छ । नेकपा ( माओवादी केन्द्र ) रुपनी गाउपालिकाका अध्यक्ष सिंहेश्वर साहको अध्यक्षता तथा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य अरुण कुमार साहको प्रमुख आतिथ्य एवम पुर्व मधेश प्रदेस सदस्य छेदी रजकको विशेष आतिथ्यमा पालिका स्तरीय संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार विशेष अभियान सन्चालन गर्ने भएको हाे । बिहीवार रुपनी बजारमा आयोजित कार्यक्रममा बक्ताहरुले पालिका स्तरीय संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार विशेष अभियान सन्चालन गर्ने बताउनुभयो । सो कार्यक्रममा पालिका,गाउँ /टोल समितिको सम्मेलन तथा भेला साथै सम्पुर्ण जनवर्गीय संगठन ,मोर्चा ,पेशागत संगठनको वडा तथा पालिका स्तरीय सम्मेलन सम्पन्न गर्ने भएको जनाएको छ ।
सो कार्यक्रममा किसान महासंघका हरीनारायण महतो,देवलाल माली,वडाध्यक्ष छेदी इसर,सरोज यादव,पुर्व निजामती कर्मचारी संगठनका सप्तरी अध्यक्ष छोटेलाल यादव लगायतले संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानको बारेम आ आफनो विचार ब्यक्र गरेका थिए ।

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १९:२५:४२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्