शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै… !

मिति: २०२३-०३-२३ , समय : १४:४४:३१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशकाे धनुषाको सबैला नगरपालिका वडा न.३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् ।

सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ । यो बुधबारको घटना हो ।

इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले उक्त घटनाबारे बुझ्न खोज्दा भिडभाडमा रहेको भन्दै केही विवरण दिन चाहेनन् ।

विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको उनीहरूले देखेपछि शिक्षक भागेका थिए । छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएकी छन् ।

प्रहरीले छात्रालाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ । तर, आरोपी शिक्षक भने पक्राउ परेका छैनन् ।

यता सबैला प्रहरीले बोर्डिङका प्रिन्सिपल हरि श्रेष्ठलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । टुडे खोजबाट

प्रकाशित मिति: २०२३-०३-२३ , समय : १४:४४:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्