बाघको आक्रमणबाट दुई महिलाको मृत्यु
मिति: २०२३-०३-२१ , समय : ०९:०८:४२ , गामघर डेस्क
मिति: २०२३-०३-२१ , समय : ०९:०८:४२ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मधुवन नगरपालिका– ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मधुवन नगरपालिका– ५ मा रहेको चिरौटे सामुदायिक वनमा घाँसदाउरा काट्न गएका वेला उनीहरूमाथि बाघले आक्रमण गरेको हो ।
सोमबार दिउँसो करिब १२ बजेतिर चारजना महिला भारतसँग सीमा जोडिएको चिरौटे सामुदायिक वनमा घाँस दाउरा खोज्न गएका थिए । त्यही वेला धनसरा र समुन्द्रीलाई बाघले आक्रमण गरेपछि अन्य दुई महिलाले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् । उनीहरूले गाउँ फर्किएर बाघको आक्रमणबारे खबर गरेपछि स्थानीय खोज्न गएका थिए ।
यता खोज्ने क्रममा धनसरा र समन्द्रीको शव भेटिएको थियो । यस क्षेत्रमा पाटेबाघको आक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।
प्रकाशित मिति: २०२३-०३-२१ , समय : ०९:०८:४२ , २ वर्ष अगाडि