नेपालमा सङ्घीयता नौलो कुरा होइन :जनमत पार्टी अध्यक्ष डा. सीके राउत

मिति: २०२३-०३-२० , समय : १७:०१:४६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सङ्घीयता नौलो कुरा नरहेको उल्लेख गर्नुभयाे । नेपालमा बाइसे, चौबिसे राज्य भनेको सङ्घीयता नै रहेकाेले पछिल्लो समय त्यसलाई नै पुनःस्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्त्वपूर्ण भूमिका खेलेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यत्रो सङ्घर्ष गरेर सङ्घीयता ल्याउनुभएको छ । सङ्घीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे, चौबिसे राज्यहरू नेपालमा थिए । त्यो भनेको सङ्घीयता नै हो । तर त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री दाहालले धेरै नै भूमिका खेल्नुभएको छ । यो कुरालाई नकार्न सकिँदैन । त्यसैले हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।’

अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आउँदा दिनमा समेट्दै लैजानुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : १७:०१:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित