मधेस प्रदेश : टिपर र कार ठोक्किँदा २ जनाको मृत्यु
मिति: २०२५-०४-१८ , समय : २१:०५:१२ , गामघर डेस्क
मिति: २०२५-०४-१८ , समय : २१:०५:१२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ स्थित भूइँपुल नजिक दिउँसो ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार दुर्घटनामा चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा- १५ का नारायणहरी शर्माको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारको लागि प्रसुति अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पण्डितले बताए । दुर्घटना पश्चात् टिपट चालक फरार भएका छन्। उनको खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए।
प्रकाशित मिति: २०२५-०४-१८ , समय : २१:०५:१२ , 20 hours अगाडि