धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

हतियार सहित पक्राउ परेका युवा अाफनाे सङ्गठनकाे नरहेको नेविसंघको दावि

मिति: २०२३-०३-२० , समय : १०:२९:०६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीका चार प्रमुख विद्यार्थी संगठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली गरिएको बताएका छन् ।


नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमाले निकट अनेरास्वबियू, एकीकृत समाजवादी निकट समाजवादी अनेरास्वबियू र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।
‘निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीले एउटा मात्रै प्यानललाई जिताउन गरेको प्रयासप्रति हामी मर्माहत भएका छौं’ बिज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रजातान्त्रिक विधी भएपनि त्यसको खिल्ली उडाउँदै एकतर्फा रुपमा एउटा प्यानललाई मात्रै मतदान गर्ने वातावरण बनाएको छ । यो अवस्थालाई हेरी हामी नारावाजी गर्दा केहि बेरका लागि मतदान रोकिएको थियो । तर, त्यसपछि प्रहरीको बलमा निर्वाचन समितिले समाजवादी विद्यार्थी युनियन निकटका मतदातालाई भित्र छिर्न लगाई मतदान गर्न लगाएका छन् ।’
एकतर्फी रुपमा यसरी गराइएको निर्वाचनको कुनै तुक नभएको भन्दै बिज्ञप्तीमा यसको घोर भत्र्सना गरिएको छ ।
निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा गराउन र निर्वाचन अधिकृत रामाशिष यादवले एक मात्र प्यानललाई जिताउन प्रयास गरेकाले उनलाई पनि पदबाट हटाएर कार्वाही गर्न माग गरिएको छ । ‘माग पूरा नभए हामी यो निर्वाचनलाई कुनै पनि हालतमा नमान्ने र चरणबद्ध आन्दोलनमा उत्रिनेछौं’ बिज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनपछिको परिणामको सम्पूर्ण जिम्मेबारी सम्बन्धित निकाय नै हुनेछ ।’ यसेबिच सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.१ तिलाठि स्थित खाडाे खाेलाबाट हतियार सहित पक्राउ परेका दुई जना युवक नेविसंघको कार्यकर्ता नरहेको दावि गरेको छ । नेविसंघका घनानन्द यादव र अर्जुनकुमार यादवले गामघर डटकमसग कुराकानी गर्दै अाफनाे सङ्गठनलाइ बदनाम गर्नकाे लागि उनिहरुले यस्तो बताएकाे दावि गरेका छन ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : १०:२९:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्