भारत रत्न डा.भिमराव अम्बेडकर जि को १३४ औं जयन्ती समारोह विभिन्न कार्यक्रम गरि मनाइयाे
मिति: २०२५-०४-१५ , समय : १७:२६:३७ , गामघर डेस्क
मिति: २०२५-०४-१५ , समय : १७:२६:३७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । राजा सल्हेश फुलवाडि मेला महोत्सव सह भारत रत्न डा. भिमराव अम्बेडकर जि को १३४ औं जयन्ती समारोह विभिन्न कार्यक्रम गरि मनाइएको छ । मधेस प्रदेशको सिरहा जिल्लाकाे लहान नगरपालिका स्थित राजा सल्हेश फुलवाडिमा नयाँ बर्षकाे अवसर पारेर साे कार्यक्रम गरिएको हाे । कबिर अम्बेडकर फाउंडेशन ट्रस्टका अध्यक्ष नरेश पासवानको अध्यक्षतामा तथा विशिष्ट अतिथिहरु पुर्व मन्त्री महेन्द्र पासवान, मधेसी आयोग सदस्य रेणु देवि साह,तराई मधेस महिला फाउन्डेशन नेपाल केन्द्रीय अध्यक्ष सुनिता साह क्रान्ति ,समाजसेवी सुनिता कलवार,सिकेन्दर पासवान,कबिर फाउन्डेशनका कोषाध्यक्ष ललित पासवान लगातयका वक्ताहरुले राजा सलहेशकाे बारेमा चर्चा गरेको थियो ।
कार्यक्रममा तराई मधेस महिला फाउन्डेशन नेपाल केन्द्रीय अध्यक्ष सुनिता साह क्रान्तिले प्रेम प्रतिकको फुलको माला फुलवारि मेलाको ऐतिहासिक पर्यटक धार्मिक स्थान राजा सल्हेशको परिसरलाई सरसफाइ, शौचालय तथा खानेपानि लगायतका बारेमा बोल्दै नयाँ बर्ष २०८२ सालकाे शुभकामना समेत ब्यक्त गरेका थिए ।
प्रकाशित मिति: २०२५-०४-१५ , समय : १७:२६:३७ , 18 hours अगाडि