सुनसरीमा अपरिचित व्यक्तिले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते

मिति: २०२५-०४-१५ , समय : ०८:५३:१४ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको देवानगञ्ज गाउँपालिका–२ रासीमा हिजो बेलुकी गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज–२ का रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: २०२५-०४-१५ , समय : ०८:५३:१४ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्