सप्तरीमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा : उत्कृष्ट विद्यार्थीलाई मन्त्री साहद्वारा नगद पुरस्कार वितरण

मिति: २०२५-०४-१२ , समय : १३:३८:२२ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

हनुमाननगर । हिन्दू स्वयंसेवक संघ जनकपुर सम्भाग पोर्ताहा, सप्तरीद्वारा आज आयोजित “स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१” सप्तरी जिल्लाभरिका २३ वटा विद्यालयहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता हिन्दू स्वयंसेवक संघ हनुमाननगर कंकालिनी संघ चालक एवं सरस्वती शिशु सदन ई.बो. स्कूलका संस्थापक तथा प्रबन्ध निर्देशक सुरेश कुमार यादवले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्री नवल किशोर साह सुडी (रामवावु) रहनुभएको थियो।
मन्त्री साहले आफ्नो मन्तव्यमा भने, “वर्तमान शिक्षाले केवल ज्ञान मात्र होइन, संस्कार र राष्ट्रप्रेम पनि सिकाउनुपर्छ। विवेकानन्दजस्ता महापुरुषहरूको विचार र दर्शनबाट आजका विद्यार्थीहरूलाई प्रेरणा लिनु आवश्यक छ। यस्तो परीक्षा आयोजले संस्कारयुक्त पुस्ता निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका जनता मावि फत्तेपुरका छात्र रविन्द्र मण्डललाई नगद रु १५,०००/- प्रदान गरियो। दोस्रो स्थान प्राप्त गरेका ईष्टर्न ज्योति सेकेन्डरी स्कुल भारदहका छात्र शंकर कुमार रामले नगद रु ११,०००/- प्राप्त गरे भने तेस्रो स्थान प्राप्त गरेका लिटिल स्टार ईङ्ग्लिश स्कूलका छात्र संजय बिष्टलाई नगद रु ७,०००/- प्रदान गरियो।
उक्त कार्यक्रममा हिन्दू स्वयंसेवक संघका अशोक शर्मा, लक्ष्मण यादव, भोगेन्द्र झा, विभिन्न विद्यालयका संस्थापक, प्रधानाध्यापक, शिक्षक, राजनीतिज्ञ, समाजसेवी, पत्रकार, प्रहरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको संचालन विष्णु यादवले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-०४-१२ , समय : १३:३८:२२ , 14 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित