अबैध लागू औषधसहित तीन जना भारतीय नागरिक पक्राउ
मिति: २०२५-०४-११ , समय : २०:२०:४५ , गामघर डेस्क
मिति: २०२५-०४-११ , समय : २०:२०:४५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित दुर्गा मन्दिर चोकबाट सशस्त्र प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरू भारत निवासी ४५ वर्षीय अमरजित हरिजन, २५ वर्षीय कपिलदेव सहानी, र २१ वर्षीय दिलीप गौतम रहेका छन् ।
उनीहरू दुई वटा भारतीय नम्बर प्लेट (यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६) भएका मोटरसाइकलमा सवार थिए । सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण, पश्चिम नवलपरासीका सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागि जाँच गर्दा उनीहरूको साथबाट १४९ वटा प्याकेटमा राखिएको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो बरामद गरेको हो ।प्रहरीका अनुसार बरामद गरिएको लागू औषधसँगै केही अन्य सामग्रीहरू पनि फेला परेका छन् । यता नियन्त्रणमा लिइएका ती तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०४-११ , समय : २०:२०:४५ , 1 day अगाडि