सप्तरीमा वडा अधिवेशनमा जसपा नेपालका कार्यकर्ताहरुबिच कुटाकुट , दुई जना गम्भीर घाइते
मिति: २०२५-०४-१० , समय : १६:१३:४४ , गामघर डेस्क
मिति: २०२५-०४-१० , समय : १६:१३:४४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताको कुटाकुट भएको छ। बिहीवार वडा अधिवेशनका क्रममा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको हो।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.१ को परसाहीमा विवाद हुँदा कुटाकुटको भएको थियो। दुई पक्षबीच हेलमेटले हानहान हुँदा समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादव र समाजवादी युवा संघ विष्णुपुर पालिका अध्यक्ष देवेन्द्र यादव घाइते भएका छन्।
दुवैजनाको टाउको फुटेको छ। उनीहरुलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ। यता जसपा नेपालले गत चैत २६ देखि २९ गतेसम्म सप्तरीमा वडा र पालिका अधिवेशन गरिरहेको छ। यता उक्त घटनाको जसपा नेपाल सहितका विभिन्न दलले भर्त्सना गरेका छन ।
प्रकाशित मिति: २०२५-०४-१० , समय : १६:१३:४४ , 2 days अगाडि