मधेस प्रदेश : झन्डै १०९ केजी गाँजा र पेस्तोलसहित एक युवक पक्राउ

मिति: २०२५-०४-०८ , समय : २३:१६:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित मधेस प्रदेशको रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् ।उनलाई प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्‍ने चार थान गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । एसपी घिमिरेका अनुसार पक्राउ परेका उनी झोलुङ्गे पुलको बाटो हुदै लागु औषध गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा भेटिएको थियो ।

‘प्रहरी उनीहरुलाई पछयाउदै जादा सावन गिरीलाई पक्राउ गरेको हो, ‘ उनले भने, ‘पक्राउ परेका गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोलि र १ थान गोलि लोड रहेको कटुवा पेस्तोल फेला परेको हो।’थै अन्य फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यता पक्राउ परेका गिरीलाई लागु औषध तथा हातहतियार खरखजाना कसुर अन्र्तगत मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति: २०२५-०४-०८ , समय : २३:१६:३३ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित