सप्तरीको पकरीमा मानव कल्याण,सुख,शान्ति,समृद्घिको कामनाका लागी अष्टयाम संर्कितन सम्पन्न
मिति: २०२५-०४-०७ , समय : १७:४७:५७ , गामघर डेस्क
मिति: २०२५-०४-०७ , समय : १७:४७:५७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउँपालिका १ पकरी स्थित माँ भगवती काली मन्दिरमा रामनमी चैते दशमी २४ गते आईतवारदेखि पारिवारिक सुख, शान्ति, समृद्धि, मानव कल्याण, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक अष्टयाम संर्कितन सोमवार साँझ ६ वजे सम्पन्न भएको छ । यस मन्दिरमा विगत २०७३ सालदेखि रामनमी चैते दशमीको अवसरमा २४ धन्टै अष्टयाम संर्कितन हुदै आएको मन्दिर समितिका रामलखन यादवले जानकारी दिनु भयो । यस मन्दिरमा दुर्गापुर,कजौली र पकरीको २ सहित ४ वटा किर्तन मण्डलीले २४ गतेदेखि साँझ ६ वजेदेखि माँ भगवती काली महाजपबाट अष्टयाम संर्कितन २४ घन्टै शुरु गरी आज सोमवार साँझ ६ वजे सम्पन्न भएको आयोजकले जनाएको छ । स्थानिय बेचन यादव भुटीदेवी यादव दम्पतिले संयुक्तरुपमा निर्माण गरेका मन्दिरको तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले २०७३ साल असोज २४ गते एक समारोह विच उद्घाटन गरेका थिए । यस मन्दिरमा दैनिक भजन,किर्तन,पुजा पाठ,आरती लगायतको धार्मिक कार्यक्रम हदै आएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०४-०७ , समय : १७:४७:५७ , 16 hours अगाडि