कोशी प्रदेश : तीन नाल बन्दुकसहित दुई जना युवक पक्राउ

मिति: २०२५-०४-०७ , समय : १०:२८:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशको मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेका हुन् । प्रहरीका अनुसार केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

पक्राउ परेकाहरुको साथबाट ३ नाल भरुवा बन्दुक बरामद भएको डीएसपी जोशीले जानकारी दिए ।

यता पक्राउ परेकाहरुलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: २०२५-०४-०७ , समय : १०:२८:४८ , 23 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित