मधेश प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव : सरकार समेत बेखबर
मिति: २०२५-०४-०७ , समय : १०:०५:०८ , गामघर डेस्क
मिति: २०२५-०४-०७ , समय : १०:०५:०८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटक – पटक निर्देशक परिवर्तन भएसँगै त्यहाँ विवाद हुँदा औषधि खरिद हुन नसकेको हो ।
औषधि अभाव भएपछि विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन् । अहिले प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधि खरिद गरेर सेवा सञ्चालन गरे पनि सरकारले तोके अनुसार निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउन सकेको छैन ।
मधेश प्रदेशको एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेकोे प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किट नभएका कारण थप समस्या भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा.श्रवण मिश्रलाई हटाइएको थियो । मिश्र उच्च अदालत जनकपुरधामको आदेश पछि पुनः जिम्मेवारीमा फर्किनुभएकोे छ ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा औषधि आपूर्तिका लागि प्रक्रिया अगाडि बढाइ सकिएको र चाँडै आपूर्ति हुने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिमध्ये आधा पनि उपलब्ध गराउन सकेको छैन । उज्यालो
प्रकाशित मिति: २०२५-०४-०७ , समय : १०:०५:०८ , 23 hours अगाडि