सिरहामा मनि ट्रान्सफरकाे ९ लाख रुपैयाँ दिनदहाडै लुटियाे

मिति: २०२३-०२-२२ , समय : १७:३३:४७ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

सिरहा । सिरहामा मनि ट्रान्सफरका लागि लग्दै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ ।

सिरहाको मिर्चैया-कल्याणपुर सडक खण्डमा पर्ने कटहा पुल नजिकैबाट प्रहरी र मनि ट्रान्सफरका कर्मचारीबाट लुटेराले ९ लाख रुपैयाँ लुटेर फरार भएका छन् । लुटेरा खोज्न अहिले सिरहाका हरेक सडकमा प्रहरी परिचालन गरिएको छ ।

ज. ६ प. ४२५६ नम्वरको मोटरसाइकलमा प्रहरीको सुरक्षामा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी मिर्चैयाबाट ९ लाख रुपैयाँ लग्ने क्रममा लुटेराले लुटेर फरार भएको प्रहरीले जनाएका छन् ।

यता सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गर्दै उनले थप विवरणका आउन नसकेको बताउनुभयाे ।

प्रकाशित मिति: २०२३-०२-२२ , समय : १७:३३:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित