गजेन्द्र नारायण सिंहको जन्मजयन्तीमा सालिकमा माल्यार्पण : मधेसका योग्दानको स्मरण
मिति: २०२५-०४-०६ , समय : १४:२२:०५ , गामघर डेस्क
मिति: २०२५-०४-०६ , समय : १४:२२:०५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
रामनवमीको अवसर पारेर मधेसका मसिहा भनेर चिनिने स्वर्गीय राजनेता तथा सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहको ९७ औं जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइएको छ।
साेहि क्रममा स्व.गजेन्द्र बाबू काे ९६ अाैं जन्म जयन्तीकाे अवसरमा राजबिराज स्थित गजेन्द्र चाैकमा राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले माल्यार्पण गरि मनाइएको छ । जसमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय नेताहरु दिपेन्द्र चौधरी , गजेन्द्र मण्डल , सदानन्द शर्मा , हुलसित यादव लगायतकाहरुकाे उपस्थिति रहेको थियाे ।
यता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री नवलकिशोर साह सुडीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा रहेका सिंहका सालिकहरूमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। मन्त्री साह सुडीले वडा नम्बर १४ स्थित रामपुर, वडा नम्बर ४ स्थित मधवापुर चौराहा, तथा वडा नम्बर ५ स्थित ढोडवा चौकमा रहेका सालिकहरूमा पुष्पमाला अर्पण गरेका हुन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले गजेन्द्र नारायण सिंहले मधेसको अधिकार, पहिचान र समावेशी राज्य निर्माणका लागि पुर्याएको योगदानको चर्चा गर्दै उहाँका आदर्शहरू पछ्याउनु आजको आवश्यकता रहेको बताएका थिए।
सिंहको योगदानलाई सम्झने र भावी पुस्तालाई उनको सोच र संघर्षको सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।
प्रकाशित मिति: २०२५-०४-०६ , समय : १४:२२:०५ , 2 days अगाडि