सप्तरीमा नेविसंघका दुई कार्यकर्ता अमेरीकन र चाइनिज पेस्तोलसहित प्रहरीको फन्दामा

मिति: २०२३-०३-१९ , समय : १८:३८:५७ , शुभ नारायण यादब

तस्बिर : जिल्ला प्रहरी कार्यालय सप्तरी

शुभ नारायण यादब

राजविराज ।
सप्तरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई युवकलाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो करिब १ बजे सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न.१ खाडो खोलास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले छिनमस्ता गाउँपालिका वडा न. २ महुवा बस्ने २८ वर्षीय सोनु रायलाई अमेरिकन र चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।

पक्राउ परेका रायलाई सोधपुछ गर्दा पेस्तोल दिने अर्का युवक सप्तरीको राजबिराज नगरपालिका वडा न.१ डुमरी बस्ने २८ वर्षीय रोशन यादव समेत पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

प्रहरीले रायलाई चेक जाँच गर्दा कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड इन यूएसए र अर्को पट्टी चाइना लेखेको अटोमेटिक म्यागजिन सहितको पेस्तोल १ थान बरामद गरेको छ ।

रायलाई प्रारम्भिक सोधपुछ गर्दा सप्तरीकै राजबिराज नगरपालिका १ डुमरी बस्ने २८ वर्षीय रोशन यादवले उक्त पेस्तोल दिएको भनी खुलाएको हुँदा उनलाई पनि पक्राउ गरि थप अनुसन्धान थालेको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।
यता पक्राउ परेकाहरु नेपाली काङ्ग्रेस निकट नेविसंघका कार्यकर्ता रहेको तथा उनिहरुले अाइतबार भइरहेको स्ववियु निर्वाचन भाडनकाे लागि सिमा पारिबाट साे हतियार ल्याइरहेकाे अवस्थामा गाेप्य सुचनाकाे अाधारमा पक्राउ गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : १८:३८:५७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्