राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने

मिति: २०२३-०३-१९ , समय : १४:२१:३६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतवार बिहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई यसअघि दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको सांसद सोबिता गौतमले जानकारी दिनुभयो । अहिलेको सरकारले उठाएका जनजीविकाका मुद्दाका आधारमा समर्थनलाई कायमै राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।

रास्वपाले तत्कालै सरकारमा जाने विषयमा भने कुनै पनि निर्णय गरेको छैन । सरकारमा सहभागिताको विषयमा पछि छलफल गरेर निर्णय लिइने गौतमले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भोलि साेमवार संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ ।

प्रकाशित मिति: २०२३-०३-१९ , समय : १४:२१:३६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित