पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता साहको गोदाममा सीडीओ दाहालको छापा : झन्डै ३२ क्विण्टल गाँजा बरामद
मिति: २०२५-०३-०३ , समय : १४:२३:०९ , गामघर डेस्क
मिति: २०२५-०३-०३ , समय : १४:२३:०९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज नगरपालिका वडा न.९ मलेठस्थित एक गोदाम घरमा सीडीओसहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले छापामारी गरेर ३२ क्विण्टल (३ हजार किलोभन्दा वढि) गाँजा र अन्य सामग्री बरामद गरेको छ।
सीडीओ भोला दाहाल, सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका एसपीसहितको टोलीले गोदाममा छापा मारेको हो। स्थानीय बाबा भुतनानाथ मन्दिर छिर्ने गेटको छेउमै रहेको घरमा उक्त गाँजा बरामद भएको हो।
गोदाम नजिकैको सडक (राजविराज–रुपनी सडक) बाट गइरहेका सीडीओ दाहालले गोदाममा एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गरेका थिए। सीडीओ दाहालले गोदाम सञ्चालकलाई बोलाए पनि उनी आएनन्।
त्यसपछि गोदामको ताला फोडेर हेर्दा भित्र गाँजा फेला परेको हो। गोदाम भित्र ८० ओटा वोरामा प्याक गरिएको गाँजासँगै स्याउ, चिनी, सुर्तीसहितका ठूलो मात्रामा सामान बरामद भएको छ। सिट नभएको एउटा स्कर्पियो पनि फेला परेको छ।
उक्त गोदममा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल, सशस्त्र र अनुसन्धानका कर्मचारी खटिएका छन्। सामानको मुचुल्का तयार भईरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुशन्धानमा उक्त गोदाम रोसन यादवको भनिएपनि गोदाम भएको घर भने नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता साहको भएको पाईएको छ।
उक्त विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ। ‘घर ललिता साहकै हो। कसैलाई भाडामा दिएको थियो की भन्ने विषयमा अनुसन्धान भईरहेको छ’– एसपी खतिवडाले भने। यता साे सम्बन्धमा ललिता साहसग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
ललिता साह यसअघि रुपनी गाउँपालिकामा भएको स्यानिटरी प्याड भ्रष्टाचार प्रकरणमा मुछिएकी थिईन। अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मुद्दा चलाए पनि उनले विशेष अदालतबाट सफाई पाएकी थिईन। भ्रष्टाचार भएको भनिएको पैसा फिर्ता गरेकाले उनलाई सफाई दिईएको जनाईएको छ।
यता विशेष अदालतको त्यो निर्णय विरुद्ध अख्तियारले पुनरावेदन गरेको छ। शिर्षखबरबाट
प्रकाशित मिति: २०२५-०३-०३ , समय : १४:२३:०९ , 1 month अगाडि