लालपुर्जाको माग गर्दै सप्तरीको सदरमुकाम राजविराज बजार बन्द

मिति: २०२५-०३-०२ , समय : १८:२९:२६ , श्रीकान्त यादब

तस्बिर : गामघर टिभि

श्रीकान्त यादब

राजबिराज । बिटौरी तथा ब्लक जग्गा धनीहरूले लालपुर्जाको माग गर्दै सप्तरीको सदरमुकाम राजबिराज बजार बन्द गरेका छन् । आइतबार बिटौरी तथा बल्क जग्गाधनीहरूले बिहान देखी राजबिराज बजार बन्द गराएको हो ।

राजविराज नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै बजार बन्द गरेको छ ।

राजविराज हटियामा निर्माणाधीन व्यवसयीक कम्प्लेक्स अविलम्व निर्माण हुनुपर्ने, नयाँ बसपार्क सञ्चालन हुनुपर्ने, नगरका निर्माणाधीन सडकहरूको काम सक्नुपर्ने लगायतका माग छन् ।

यस्तै साकेत पार्क निर्माण, राजरंगशालाको स्तरोन्नति, कन्या छात्रावासको निर्माण र राजविराजको सिसिटिभी क्यामेरा प्रकरणका दोषीलाई समेत कारबाहीको माग गरिएको सङ्घर्ष समितिका ईर्साद अन्सारीले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०३-०२ , समय : १८:२९:२६ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित