रिंकु सदाको न्यायका लागि मधेस प्रदेशमा बृहत् जनप्रदर्शन

मिति: २०२५-०३-०१ , समय : ०७:४७:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

लहान ।
मधेस प्रदेशको सिराहाकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्युसम्बन्धी घटनाविरुद्ध मुसहर समुदायले न्यायका लागि जनदबाब अभियानअन्तर्गत शुक्रबार लहानमा बृहत् प्रदर्शन गरेका छन् ।

लहान १ सिङ्राही मटियर्वास्थित जनता आधारभूत विद्यालयपरिसरमा एकत्रित भएका सिराहाको १७ वटै पालिका, सप्तरी र धनुषासम्मबाट आएका मुसहर अगुवाहरूले ‘रिंकु सदालाई न्याय दे, मुसहरमाथिको दमन बन्द गर, घटनामा संलग्न युवक तथा पञ्चायती गर्ने पञ्चहरूलाई कारबाही गर’लगायतका नारा लगाउँदै लहान बजार परिक्रमा गरे ।

बजार परिक्रमापछि लहानस्थित इलाका प्रहरी कार्यालय हुँदै सहिद चोकमा उनीहरूले बलात्कारजस्तो जघन्य अपराधमालाई पञ्चायतीबाट मिलापत्र गर्नेहरूविरुद्ध खबरदारी गरे । प्रदर्शनको कारणले दिउँसो साढे ३ बजेसम्म करिब एक घण्टा पूर्व–पश्चिम सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: २०२५-०३-०१ , समय : ०७:४७:३७ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित