सप्तरीमा पैसा डब्बल गरिदिने हनुमानी गिरोहमा संलग्न थप एकजना पक्राउ

मिति: २०२५-०२-२८ , समय : १३:५२:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
पैसा डब्बल गरिदिने भनी ठगी धन्दा चलाइरहेका ‘हनुमानी ‘ गिरोहमा संलग्न रहेको आरोपमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-७ बस्ने रुपेश कुमार यादव पक्राउ परेका छन।सप्तरी प्रहरीले उनलाई गएराती ११ बजेको समयमा रुपनी बजारबाट पक्राउ गरिएको जनाएको छ।
उक्त गिरोहको ठगीमा परेका पीडितहरुले हनुमानीको घरसम्म पैसा माग्न जाँदा रुपेशले कुटपिट गर्ने गरेको आरोप लागेको छ।हनुमानी गिरोहले सर्वसाधारणलाई आफ्नो ठगीको झालमा फसाएपछि पैसा फिर्ता माग्न आउनेबेला हनुमानीको गुन्डाको रुपमा यादव प्रयोग हुने गरेको पीडितहरु बताउँछन् ।

पक्राउ परेका यादवमाथि ठगी, कुटपिट, अरुको सम्पत्तिमा हानीनोक्सानी पुर्याउने र लुटपाट जस्ता गम्भीर आरोपहरू लगाइएको छ। सप्तरी प्रहरीका अनुसार यादवले गिरोहमार्फत धेरैलाई ठगी गरेको र पीडितहरूलाई धम्की दिने गरेको पाइएको छ।
यादवविरुद्ध गत माघ ४ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।हालसम्म आरोपित यादव फरार रहेकोमा गएराति पक्राउ परेको प्रहरीले बताएको छ।
सम्पत्ति आर्जन गर्ने उदेश्यले गिरोह बनाइ दुईदशकदेखि संगठित रुपमा ठगी धन्दा चलाइरहेको खुलासा भएपछि पीडितहरुले प्रहरीमा जाहेरी दर्खास्त दिएपछि कारबाही अगाडि बढेको छ।यस गिरोहमा संलग्न रहेको आरोपमा हनुमानी भनिने रामबहादुर रजक,बैधनाथ यादव,समिना खातुन र रुपेश यादव पक्राउ परेका छ्न ।उनीहरुमाथी अनुसन्धान भइरहेको छ।

सप्तरीमा करिब दुई दशकअघि गिरोह बनाइ योजनाबद्ध तरिकाले विभिन्न शैलीमा ठगी धन्धा चलाउने यो गिरोहविरुद्ध कारबाही हुन सकेको थिएन ।यस गिरोहको ठगी सञ्जालमा संलग्न आरोपमा सप्तरी प्रहरीले १६ जनाविरुद्ध पक्राउ पुर्जी लिएको बताएको छ।

प्रकाशित मिति: २०२५-०२-२८ , समय : १३:५२:२३ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित