मधेस प्रदेश : वीरगञ्ज नाकाबाट निर्यात झण्डै दोब्बरले बढ्यो
मिति: २०२५-०२-२७ , समय : १०:४९:५९ , गामघर डेस्क
मिति: २०२५-०२-२७ , समय : १०:४९:५९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको पर्साकाे वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएका छन् ।
गएको आर्थिक वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा वीरगञ्ज नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको हो ।
अघिल्लो आर्थिक वर्षको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
देशभर रहेका साना र ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताउनुभयो । रासस
प्रकाशित मिति: २०२५-०२-२७ , समय : १०:४९:५९ , 1 month अगाडि