सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युु
मिति: २०२५-०२-२७ , समय : ०८:२८:४३ , गामघर डेस्क
मिति: २०२५-०२-२७ , समय : ०८:२८:४३ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । कोशी प्रदेशको सुनसरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो ।
प्रकाशित मिति: २०२५-०२-२७ , समय : ०८:२८:४३ , 2 months अगाडि