गाँजा र चरेससहित महिला र भारतीय युवक पक्राउ
मिति: २०२५-०२-२२ , समय : ११:४७:३६ , गामघर डेस्क
मिति: २०२५-०२-२२ , समय : ११:४७:३६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरभाम । प्रहरीले मधेस प्रदेशको वीरगन्जबाट एक महिलालाई चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–२ बुनियाद घर भई हाल वीरगन्ज महानगरपालिका–१६ बसपार्कमा डेरा गरी बस्ने ३० वर्षीया आरती देवी छन् ।
प्रहरीले उनलाई बुधबार राति ८ बजे वीरगन्ज– १६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो । इनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियमित जाँचको क्रममा नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई जाँच गर्दा यादवको साथबाट उक्त लागूऔषध बरामद भएको थियो ।उनले बोकेको झोलामा रातो रङको ग्यालेनभित्र प्लास्टिकमा स-साना पोकामा लुकाइछिपाई राखिएको ११ किलो ४ सय ग्राम चरेस फेला परेको थियो । उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी सुवास भट्टले जानकारी दिए । यस्तै मधेस प्रदेशको पर्साकाे वीरगन्ज महानगरपालिका–१६ बाट एक भारतीय युवक गाँजा र चरेससहित पक्राउ परेका छन् । भारत पश्चिम बंगाल नदिया थाना बधकुल्ला बजार कोलनीका २८ वर्षीय राज अधिकारी पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित जाँच टोलीले नेपालबाट भारत जाने क्रममा बुधबार पक्राउ गरेको हो । अधिकारीले बोकेको क्यामो ब्यागभित्र ससाना पोकामा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा ६ किलो ३ सय ग्राम र २ किलो १ सय ग्राम चरेस प्रहरीले बरामद गरेको छ । यता पक्राउ परेका अधिकारीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनसुन्धान कार्य भइरहको पर्सा प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले बताए ।
प्रकाशित मिति: २०२५-०२-२२ , समय : ११:४७:३६ , 1 month अगाडि