सिमानाकाका तस्करहरु सक्रिय : प्रहरी प्रशासनलाई प्रभावमा प्लाष्टिक जन्य कबाडको खुलेआम तस्करी
मिति: २०२५-०२-२१ , समय : १७:३८:४८ , गामघर डेस्क
मिति: २०२५-०२-२१ , समय : १७:३८:४८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । नेपाल–भारत खुला सीमानाकाले गर्दा दैनिक करोडौंको कबाडको तस्करी हुन थालेको छ । नेपाल र भारतका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस्तरीय दुई देशबीचको सम्झौता अनुसार आफ्नो देशबाट उत्सर्जित फोहोरमैला तथा कबाड आफ्नै देशमा रिसाइकल वा तह लगाउनुपर्ने बाध्यात्मक शर्तसहितको सम्झौता भए तापनि स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा पारी यो अवैध धन्दा चलिरहेको छ । भारतमा रिसाइकल गरी कच्चा पदार्थ बनाइन्छ । पानीका बोतल दिल्ली पुगेपछि प्लास्टिकका सामान उत्पादन गर्न चाहिने कच्चा पदार्थ दाना बनाइन्छ । एकदमै सस्तोमा खरीद गरिएका ती सामग्री तस्करी गर्न नेपाल र भारतका करीब एक दर्जन तस्कर सक्रिय छन् । एक थान तीन पाङ्ग्रे ठेल्लामा आठ सय किलोदेखि १३ सय किलोसम्म कबाडी सामान जान्छ ।
तस्करी गर्नेहरु पनि आ–आफ्नो स्तरबाट लाईन मिलाएर कारोबार गरिरहेका छन् । नेपालमा बेष्ट गईरहेको सामानहरुको रिसाईक्लीड्ड गर्ने व्यवस्था भएपनि सम्बन्धित सीमानाकामा खटेका प्रहरी, भन्सार कर्मचारी, सशस्त्र प्रहरी बल लगायतको सेटिङ भएपछि दैनिक ५ ट्रक प्लाष्टिकजन्य पदार्थहरु तस्करी भएर नेपालगन्जबाट भारत तर्फ गईरहेको कबाडी व्यवसायीनै बताउँछन् । प्लाष्टिक जन्य तस्करीलाई रोक्न बुटवलका प्लाष्टिक रिसाईक्लीड्ड फैक्ट्री सञ्चालक हरि न्यौपानेले केही दिन अगाडी मात्र सशस्त्र प्रहरी प्रमुख, बाँके जिल्ला प्रहरी प्रमुख तथा सरोकारवाला निकायलाई भेटेर कसरी तस्करी नियन्त्रण गर्न सकिन्छ त्यसबारे कुराकानी गरेको बताए ।
कबाडी मालसामान व्यवसायी संघ बाँकेका अध्यक्ष मोहम्मद उमर हल्बाईले हामी सफाई सम्बन्धी कारोबार गरेका छौं, तर पनि सम्बन्धित सरोकारवाला निकायले हामीलाई केही सहयोग गर्दैनन्, तस्करी नियन्त्रण गर्न हाम्रो प्रयास जारी छ, यसका लागि एक हप्ता अगाडी मात्र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएको बताए । दैनिक साईकल, रिक्साबाट ट मात्र नेपालगन्जबाट भन्सार नाका हुँदै भारततर्फ प्लाष्टिकका खाली बोतल, गत्ताहरु तस्करी हुने गरेको छ । यो तस्करीको कारण दैनिक लाखौं लाखको राजश्व गुमिरहेको छ । एकदमै सस्तोमा खरीद गरिएका ती सामग्री तस्करी गर्न नेपाल र भारतका करीब एक दर्जन तस्कर सक्रिय छन् । एक थान तीन पाङ्ग्रे ठेल्लामा आठ सय किलोदेखि १३ सय किलोसम्म कबाडी सामान जान्छ ।
रिसाईक्लीड्ड फैक्ट्री सञ्चालक न्यौपानेका अनुसार केही वर्षदेखि नेपाल मै कच्चा पदार्थको रूपमा प्रयोग गर्ने गरि गल्ने कारखाना भएको बताउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लुम्बिनी प्रदेशको प्रमुख डिआइजीलाई भेटेर जानकारी गराउँदा समेत उनीहरूले नियन्त्रणमा चासो नदेखाएको गुनासो गरे ।
कबाडको तस्करी भनेपछि प्रयोग भई कबाड भइसकेका पैड बन्डल (पानीको बोतलको बन्डल), रङ्गीन क्रिस्टल, स्टील ३१६, स्टील ३०४, स्टील पिसी, स्टील भाँडा, प्रिफम, प्रिफम ढेला, रेडबूल केनको बन्डल, जनावरको हाड, जनावरको छाला, ब्याट्री, ब्याट्रीको धूलो, किट, एक्स–रे, सिमेन्टको बोरा, कापी, किताब, टायर, केबल, सिडी चक्का, नेचुरल पिपी (कटिङ गरिएको), ह्वाइट पिपी, हेडलाइट, रिलायन्स पाइप, ह्वाइट सिलिकन, ग्लोकोज स्लाइन बोतल, सि पाइप, किसान पाइप, ब्लास्टी रोल, कालो बारुद डस्ट, जार कटिङ, बाल्टिन कटिङ, कन्डुल, बिट, फलक्स सेतो, फलक्स कालो, कसकुट पिस्टन, एलडी प्लेट, जिङ्क, जिङ्क एस, हाड, साबुनको माटो, औषधिको खोल (रेपर),नाइलन, कार बम्पर, सिरिन्ज, मेडिकल पञ्जा, ह्वाइट एभिएसलगायतका सामान कबाडी सामान भनी तस्करी हुने गर्छ ।
भारतसँग नेपालको व्यापार घाटा खर्बोंमा पुगिसकेको छ । विगत केही वर्ष देखि नेपालमा प्रशोधन उधोगहरु स्थापना भएका छन् तर नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय लगायतका सरकारी निकायहरुबाट सहयोग नहुदाँ स्थापना भएका प्रशोधन उधोगहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । नेपालभरीबाट मासिक १२,००० टन के.जी प्लाष्टिक जन्य पदार्थ पेट बोटल निस्किने गर्दछ र त्यस मध्ये १०,००० टन केजी प्लाष्टिक पेट बोतल अवैध रुपमा भारत चोरी निकाशी भईरहेको छ । नेपाल र भारत बिच आ–आफ्नो देशको सबै किसिमका कबाड आ–आफ्नै देशमा व्यवस्थापन गर्ने दुई पक्षिय सम्झोता छ र भारत सरकारको वातावरण मन्त्रालयले सन् २०१५ मा ऐननै पारित गरी अन्य मुलुक बाट विशेषगरी प्लाष्टिक जन्य पदार्थको आयातमा पुर्णरुपमा बन्देज लगाएको छ । सिमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्लाष्टिकजन्य कबाडको चोरी निकाशीलाई बढावा दिदाँ राज्य लाई बहुआयामिक नकारात्मक असर परिरहेको छ । सबै भन्दा पहिलो असर नेपालमा स्थापित प्रशोधन उधोगहरुलाई परेको छ ।
काठमाण्डो उपत्यका र बिराटनगरमा २/२ , नवलपरासी, पोखरा, हेटोँडा र बुटवलमा १/१ वटा प्रशोधन उधोग संचालनमा छन् तर पर्याप्त कच्चा पदार्थको अभावमा प्रशोधन उधोगहरु बन्द हुने अवस्थामा पुगीसकेका छन् । यि उधोगहरु ले मासिक करोडोँ रकम नेपाल सरकार लाई कर बापत बुझाईरहेका छन् । उधोगहरुमा प्रत्यक्ष रुपमा कार्यरत हजारोँ श्रमिकहरु मा परेको छ प्रशोधन उधोगहरु धरासायी हुने अवस्थामा पुगेकोले ति श्रमजिविहरुको रोजिरोटी गुम्ने खतरा बढेको छ । यसमापनि अधिकाँश श्रमिकहरु महिलाहरु रहेका छन्। जुन महिलाहरु को रोजगारीले धैरे जनाको घरव्यवहार चलेको छ। नव जनप्रहारबाट
प्रकाशित मिति: २०२५-०२-२१ , समय : १७:३८:४८ , 1 month अगाडि