गैसस महासंघ सप्तरीका अध्यक्ष दिपक झाको ट्याक्टरमा आगजनी
मिति: २०२५-०२-२१ , समय : ११:४७:३९ , गामघर डेस्क
मिति: २०२५-०२-२१ , समय : ११:४७:३९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
गैर सरकारी संस्था महासंघ शाखा सप्तरीका अध्यक्ष दिपक कुमार झाको ट्याक्टरमा आगजनी गरिएको छ । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ७ निवासी झाको ट्याक्टरमा बिहीवार अज्ञात समूहले आगजनी गरेको हो।
झाको घर नजिकै पार्किङ्ग गरी राखिएको ट्याक्टरमा रिसीवी साध्न कसैले आगजनी गरिएको पीडितको दाबी छ। आगजनीबाट पीडित झाको घर र छिमेकीको घरमा समेत सामान्य क्षति पुगेको छ ।
आगजनी गर्ने कार्यमा छिमेकीकै संग्लनता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी दरखास्त समेत दिएको र प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ।
यता गैसस महासंघ सप्तरीले बिहिवार नै एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कडा भन्दा कडा कारबाहीको माग गरेको छ।
प्रकाशित मिति: २०२५-०२-२१ , समय : ११:४७:३९ , 1 month अगाडि