रिंकु सदा मृत्यु प्रकरण चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी परेको हो । सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना पञ्चमाथि जाहेरी दिएको पीडित परिवारले जनाएको छ ।

मिति: २०२५-०२-२१ , समय : ०३:२२:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी परेको छ ।

सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले चारवटा मुद्दामा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएको हो ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी परेको हो । सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना पञ्चमाथि जाहेरी दिएको पीडित परिवारले जनाएको छ ।


पुरक जाहेरी दर्ता भएर अनुसन्धान अघि बढाएको सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । ‘ पीडित पक्षबाट पूरक जाहेरी आजै दर्ता परेको छ। जाहेरीको आधारमा हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाउछौं । अहिलेसम्म कोही पक्राउ परेका छैनन् फरार भएकाहरूको खोजी कार्य जारी छ।’ उनले भने ।

गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो ।

सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । जसमा पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

सो घटनामा मधेश प्रदेश प्रहरी कार्यालय छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ । अनलाइनखबरबाट

प्रकाशित मिति: २०२५-०२-२१ , समय : ०३:२२:३७ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित