मधेस प्रदेश : स्रोत नखुलेको झण्डै ४८ लाख रकमसहित एक जना पक्राउ

मिति: २०२५-०२-१८ , समय : १९:२३:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषा प्रहरीले स्रोत नखुलेको झण्डै ४८ लाख रकमसहित मनिट्रान्सफरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने २६ वर्षीय जेनिस कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार आइतबार दिउँसो करिब १२ बजेको समयमा जनकपुरधाम ८ स्थित रहेको न्यू अनुस्का ट्रेडर्स नामक मनि ट्रान्सफरमा विभिन्न दरको ठूलो परिमाणमा शंकास्पद अवस्थामा रुपैया रहेको सूचनाको आधारमा साहलाई ४७ लाख ८४ हजार ६३५ रुपैयाँसहित पक्राउ गरिएको हो।

प्रकाशित मिति: २०२५-०२-१८ , समय : १९:२३:१० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित