मधेस प्रदेश : स्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ

मिति: २०२५-०२-१७ , समय : १५:३८:३६ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए । जाँच गर्दा स्रोत खुल्न नसकेपछि भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-१७ , समय : १५:३८:३६ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित