मधेस प्रदेश : सुधार केन्द्रभित्र एक युवकको हत्या

मिति: २०२५-०२-१४ , समय : १७:३९:४१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको हत्या भएको छ।

बाराको कलैया उपमहानगरपालिका–९ रामपुरका हिरालाल मण्डलका छोरा ३५ वर्षीय धिरेन्द्र भनिने प्रदीप कुमार मण्डलको कुटपिटबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार सुधार केन्द्रमा गए राति करिब २ बजे कुटपिट भएको थियो। स्रोतका अनुसार बाहिरबाट करिब १० जनाको समूह हातमा रड र चक्कु लिएर सुधार केन्द्रमा प्रवेश गरी मण्डललाई कुटपिट गरेका थिए, जसका कारण उनको मृत्यु भएको हो।

घटनापछि प्रहरीले तमन्ना अली, निरज सर्राफ, सर्फराज मन्सुर, राहुल शेख, सागर गुप्ता, प्रमेश्वर साह, सर्फराज मण्डललगायत सात जनालाई पक्राउ गरेको छ।

हत्या भएका मण्डलको पोस्टमार्टम हाल कलैया अस्पतालमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार घटनास्थलको सिसिटिभी फुटेज संकलन गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२५-०२-१४ , समय : १७:३९:४१ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित