सप्तरीमा आफ्नै श्रीमतीकाे हत्या गरी फरार रहेका आरोपित साह पक्राउ
मिति: २०२५-०२-१४ , समय : १४:४५:३४ , गामघर डेस्क
मिति: २०२५-०२-१४ , समय : १४:४५:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका २ का ज्यान मुद्दामा फरार रहेका एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेका छन् ।
यसरी पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा न.२ का सन्तोष साह रहेका छन् । साहले आफ्नै श्रीमती गायत्री कुमारी साहलाई गत २०७६ साल चैत ६ गतेको राति कुटपिट गरी ट्राफिक चौक देखि ४०० मिटर पूर्व महेन्द्र राजमार्ग उत्तर किनारा छेउमा गम्भीर अवस्थामा फाली दिएका थिए ।
२०७६ साल चैत ७ गतेको बिहान ५ः३० बजे स्थानीय तथा निजको आफन्त समेतले फेला पारी उपचारको लागि यूनिक अस्पताल लगेकोमा सोही दिन उपचारको क्रममा गायत्रीको मृत्यु भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा वारदात पश्चात हालसम्म फरार रहेका प्रतिवादी सन्तोष साह समेतलाई सम्मानित सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोज तलास गर्ने क्रममा फागुन १ गते प्रतिवादी सन्तोषलाई फेला पारी कानून बमोजिम पक्राउ पूर्जी दिई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनु भयो ।
उहाँका अनुसार पक्राउ परेका साहविरुद्द सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको जानकारी दिनु भयो ।
सन्तोष साहसँग गायत्री कुमारी साहको गत २०७६ साल जेठ २६ गते मागी विवाह भएको थियो । विवाह पश्चात पति पत्नीवीच पटक पटक विवाद हुँदै आएको थियो ।
प्रकाशित मिति: २०२५-०२-१४ , समय : १४:४५:३४ , 2 months अगाडि