८ बुँदे माग राख्दै महादेवा गाउँपालिकामा तिन बाम दलले प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझायो

मिति: २०२५-०२-१३ , समय : १७:४२:३० , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा विभिन्न ८ बुँदे माग राख्दै बाम दलले आजबिहीवार ज्ञापन पत्र बुझाएको छ ।
महादेवा गाउँपालिकाका प्रशासकिय अधिकृत राजकिशोर साहलाई ३ वटा बाम दलले विभिन्न विषयमा आफ्नो आपत्तिसहित ज्ञापन पत्र बुझाएको हो । नेकपा(एमाले),का अशोक मण्डल,नेकपा(माओवादी केन्द्र) दिपेन्द्र माझी र नेकपा(एकिकृत समाजवादी)का बासुदेव यादवले सयुक्त हस्ताक्षर गरेको उक्त पत्रमा गाउँपालिका भित्र सार्वजनिक पोखरी कति वटा र कतिमा ठेक्का लागेको सोको विवरण उपलब्ध गराउन हुन , गाउँपालिका मातहत रहेका चार पाग्रे र मोटरसाइकल को कोले प्रयोग गर्नु भएको छ, साथै भाडामा प्रयोग हुने सवारी साधन र आ व २०८१÷०८२ को हालसम्म खपत भएको ईन्धनको समेत विवरण उपलब्ध गराउन हुन , गाउँपालिका भित्र सार्वजनिक बाटो धाटो, गौचरण,हाट,बाजार,मठ,मन्दिर, लगायत अतिक्रमीत जग्गाको विवरण उपलब्ध गराउन हुन ,गाउँपालिका भित्र अपाङ्ग र नविकरण हुन बाँकीको विवरण उपलब्ध गराउन हुन माग गरिएको छ ।
यस्तै गाउँपालिका भित्र कार्यरत सम्पुर्ण कर्मचारीहरुको विवरण उपलब्ध गराउन हुन ,गाउँपालिकाबाट डीपीआर अहिलेसम्म कतिबटा भएको ? डीपीआर अनुसार कति काम भयो सोको विवरण उपलब्ध गराउन हुन , गाउँपालिकामा आम जनताले पाउने सेवा प्रवाह लगायतको काम काज छिटो र छरितो सरल,सहज,पाउनको लागी सबैलाई पायक पर्ने ठाउँमा प्रशासनिक भवन निर्माणको यथासिध्र अगाडी बढाउन र गाउँपालिकाले आ व २०८०÷०८१ आर्थिक सहयोग पाउने र गापामा रहेको कृषि,शिक्षा,रोजगार,पशु,वन लगायत विभिन्न शाखाहरुको गतिविधि विवरण उपलब्ध गराउन हुन माग गरेको छ ।
ज्ञापन पत्र बाम दलका नेताहरु गाउँपालिका कार्यालयमा पुगेर प्रशासकिय अधिकृत साहलाई बुझाएको ज्ञापन पत्रमा ८ बुँदे माग अभिलम्ब सम्वोधन नभए चरणबद्घ आन्दोलन गर्ने चेतावनी दिइएको छ । साे ज्ञापनपत्र बुझदै प्रमुख प्रशासकिय अधिकृत साहले १५ दिन भित्रमा माग पुरा गरिने प्रतिबद्घता ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२५-०२-१३ , समय : १७:४२:३० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित