मधेस प्रदेश : ९ जना फरार प्रतिवादी पक्राउ

मिति: २०२५-०२-१३ , समय : ०८:२४:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेश स्थित जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ५ रुपैयाँ जरिवाना भएका सुनैना देवीसहितका प्रतिवादीलाई पक्राउ गरेर रौतहट जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए । उनका अनुसार देवीसहित रामविनोद प्रसाद यादव, गगाजली देवी, जानकी देवी दुसादिन, निलम देवी, अमरिता देवी, प्रदीप कुमार जयसवाल, प्रमोदी राय र राम अयोध्या राय यादव समेत रहेका छन् । उनीहरू जलसाजी, सम्बन्धबिच्छेद, कुटपिट, गाली बेइज्जतीजस्ता मुद्दाका फरार अभियुक्त हुन् ।
माघ २९ गते अदालतको फैसला कार्यान्वयन अन्तरगत फरार उनीहरूलाई खोजेर पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिएको रायको भनाइ छ ।

प्रकाशित मिति: २०२५-०२-१३ , समय : ०८:२४:२७ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित