खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ

मिति: २०२५-०२-१२ , समय : १०:१९:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । मधेस प्रदेशको वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी पुगेको थियो ।

प्रहरी टोलीले पसलको जाँच गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसेर बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभएको छ ।

प्रहरीले पसलका सञ्चालक हारुन मियाँ अन्सारीलाई पक्राउ गरेर कालोबजारी कसुरमा अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : १०:१९:३८ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित