जबरजस्तीकरणी मुद्दामा कारागार चलान भएका बन्दीको मृत्यु

मिति: २०२५-०२-१२ , समय : ०७:५३:५५ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

विराटनगर । कोशी प्रदेश स्थित जिल्ला कारागार मोरङका एकजना बन्दीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसुन टुडु सतारको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
मृतक जबरजस्ती करणी मुद्दामा कारागार चलान गरिएका बन्दी रहेका थिए । किसुनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा दिउँसो १ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । किसुन आफूविरुद्ध दर्ता भएको मुद्दा फैसलाको पर्खाइमा थिए।अचानक रिंगाटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । यता उपचाररत अवस्थामै मृत्यु भएका किसुनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङले गत साउन ११ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : ०७:५३:५५ , 2 months अगाडि