मधेस प्रदेश : पेश्की माग्दा प्रधानाध्यापक र शिक्षकबीच विद्यालयमै धक्का मुक्की
मिति: २०२५-०२-०९ , समय : १७:५३:०५ , गामघर डेस्क
मिति: २०२५-०२-०९ , समय : १७:५३:०५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच हात हालाहाल भएको छ ।पेशकीको विषयलाई लिएर प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच धक्कामुक्की भएको हो ।आमा बितेको र शिक्षक रोहितले पेशकी मागेको विषयमा दुवै जनाबीच विवाद भएको थियो । त्यस विषयमा विवाद बढ्दै जाँदा गालीगलोज र धकेलाधकेल हुँदै हात हालाहालको स्थिति आएको थियो । त्यसक्रममा त्यहाँ उपस्थिति शिक्षकहरूले दुवैलाई छुटाउने प्रयास गरेका थिए ।
प्रधानाध्यापक जगरनाथले भने रोहितले ५० हजार रुपैयाँ माग्दा नियमानुसार २५ हजार मात्र दिन सक्ने भनेपछि आफूमाथि आक्रमण गर्न खोजेको बताए । त्यक्रममा समान्य विवाद मात्र भएको उनको दावी छ ।यता वडाध्यक्ष ठक्कु यादवले आफू जाँदा पेशकीको विषयमा समान्य विवाद भएको भन्ने थाहा पाएको बताए ।‘दुवै जनालाई सम्झाई बुझाइ गरे । केही समस्या भए निवेदन दिन भनेको छु’ उनले भने ।
प्रकाशित मिति: २०२५-०२-०९ , समय : १७:५३:०५ , 2 months अगाडि