कवाडीकाे खुलेआम तस्करी : सशस्त्रले दियो लाइन , राजश्व छलि गरेर भारत तस्करी…

कवाडी समान भारतमा अन्य देशबाट आयात गर्न प्रतिबन्धित

मिति: २०२५-०२-०९ , समय : ०८:२९:५७ , एस.एन. यादब

तस्बिर : सामाजिक सन्जालबाट

एस.एन. यादब

काठमाडौं । मधेस प्रदेशको बाराकाे मटिर्अवामा कवाडी सामान ठूलो मात्रामा गाेदाम गरिएको छ । अहिले तस्करीकाे लागि दुबै प्रहरीको सिंगनल नपाएको कारण गाेदाममा राखिएको छ । सिंगनल मिल्ने बित्तिकै कुनै पनि बेला यहाँ राखिएको कवाडी भारत तर्फ तस्करी हुने अवस्थामा रहेको छ । याे कवाडीकाे करोडौं काराेबार हुदा न त राजश्व तिरेको हुन्छ न त दर्ता नैतिक गरिएको छ । लाखौं लाख राजश्व छलि भैरहेको छ । राजश्व छलि गरेर भारत तस्करी हुदै आएको छ । कवाडीकाे तस्करीकाे सबै सेटिङ मिलाउने काम श्याम कुशवाहाले गर्दै आएका छन् ।
यस्तै सशस्त्र प्रहरी बलको मोरङ स्थित गणले जिल्लाका विभिन्न नाकाबाट कवाडीको तस्करीको लाइन दिएको छ । मोरङका नाका मध्ये पनि देवरिया नाकाबाट अहिले ठूलो मात्रामा कवाडीको तस्करी चलिरहेको छ ।
खास गरेर पानी र अन्य पेय पदार्थका प्लास्टिकका खाली बोतलहरू नेपालमा नै रिस्लाइकिङ गर्ने धेरै कारखानाहरू खुलेका छन् । व्यवसायीहरूले करोडौं रूपैयाँ लगानी गरेर सयौंलाई रोजगारी दिने हिसाबले रिस्लाईक्लिन उद्योग खुलेका छन् । तर चोरी तस्करी नियन्त्रणको जिम्मेवारी लिएको सशस्त्र प्रहरीको सीमावर्ती क्षेत्रमा खटिएका प्रहरीले तस्करहरूसंग मिलेर यस्ता प्लास्टिक जन्य कवाडीका सामान खुलेयाम तस्करी गर्न दिइरहेका छन् । एकातिर तस्करहरूले राजश्व नतिरी सशस्त्र प्रहरीको सेटिङ र संरक्षणमा उक्त सामान तस्करी गरेर दैनिक लाखौं राजश्व नोक्सानी गराई रहेका छन् भने अर्कोतर्फ करोडौ करोड लगानी गरेर सयौं व्यक्तिलाई रोजगारी दिने उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
मोरङको मुख्य व्यापारिक नाका रानीसंगै रहेको देवरिया नाकाबाट ठूलो मात्रामा कवाडी जन्य प्लास्टिकका वोतलहरू तारले तीन ठाउँमा बाधेर भारत तर्फ तस्करी गर्ने कार्य भैरहेको छ । यो तस्करीमा भारतीय तस्करहरू सक्रिय रहेका छन् । मोरङबाट हुने कवाडी तस्करीको मुख्य लगानीकर्तामा भारतीय नागरिक अरूण र बरूण रहेका छन् । उनीहरूले लगानी गरेको कवाडी जन्य सामान अर्का भारतीय नागरिक नरेश यादवले क्यारिङ गरेर भारत पुर्याउंदै आएका छन् । कवाडी तस्करी गराउन सहयोग गरेवापत उनीहरूले सशस्त्र प्रहरीलाई मासिक १५ देखि २० लाख सम्म दिने गरेको समेत यहाँका कवाडी संकलकहरू बताउँछन् । सशस्त्र प्रहरी बल मोरङ गणका एसपी विश्व राज खड्का तस्करी गराएर राजश्व संकलनमा असर परेको केशमा दुई पटक छानबिनका लागि हेडक्वाटर तानिएको भए पनि उनी माथि न त कारबाही नै भयो न त मोरङको तस्करी नै रोकिएको छ । फागुन १ गते देखि लागू हुने गरेर एसपी खड्काको सरूवा भैसकेको छ । झन् यही मौकामा कवाडीको तस्करी व्यापक मात्रामा भैरहेको छ ।
नाकाबाट हाल ठुलो मात्रामा खाली प्लास्टिक पेट बोटल , कार्टुन, पुुरानो ब्याट्री लगायत विभिन्न कबाडी सामानहरूको चोरी निकाशी भईरहेको छ। नेपालमा संचालित रिसाईकलिङ्ग (पुनः प्रशोधन ) उधोगहरू कच्चापदार्थ (खाली प्लास्टिक पेट ) को अभावमा बन्द हुने अवस्थामा पुगेका छन्। जुन कच्चापदार्थ सिमा प्रशासन , भन्सार , नेपाल प्रहरी र सशस्त्र को मिलेमतोमा निर्वाधरूपमा तस्करी भईरहेको छ। प्लास्टिक जन्य कबाड भारतमा अन्य देशबाट आयात गर्न कानुनतः प्रतिबन्धित छ, त्यही भएर प्लास्टिक कबाड चोरी बाटोबाट नेपालबाट भारत तर्फ तस्करी हुने गर्दछ। यसबाट एकातिर नेपाल सरकारले न कुनै राजश्व प्राप्त गर्छ, अर्कोतिर नेपाल सरकारलाई नियमानुसार राजश्व तिरिरहेका रिसाईकलिङ्ग उधोग बन्द हुने अवस्थामा छन्, उ्क्त उधोगमा रोजगारी प्राप्त गरिरहेका हजारौं नेपाली जनता विशेषगरी महिलाहरूको रोजिरोटी गुम्ने सम्भावना बढेको छ र सँगसँगै वार्षिक रूपमा ठुलो धनराशि प्लास्टिक जन्य वस्तु उत्पादन गर्न चाहिने कच्चापदार्थ खरिद गर्न विदेशी रहेको छ । नेपालमा संचालित रिसाईकलिङ्ग उधोगहरू लाई पर्याप्त मात्रामा कच्चापदार्थ पदार्थ उपलब्ध भएमा प्लास्टिक जन्य वस्तुहरू उत्पादन गर्न आवश्यक कच्चापदार्थहरू नेपालमै उत्पादन गर्न सकिन्छ । त्यसका लागि नेपाल सरकारले सिमानाका कडाइ गर्न अत्यावश्यक छ। नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०२-०९ , समय : ०८:२९:५७ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित