मधेस प्रदेश : प्रहरीद्वारा झण्डै ९ बिगहाको गाँजा बोट नष्ट

मिति: २०२५-०२-०७ , समय : १७:४७:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । अवैध गाँजा खेती नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशको बारा जिल्लामा व्यापक कारबाही गरेको छ। बारा प्रहरी कार्यालय मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले ९ बिगहा क्षेत्रफलमा लगाइएको अवैध गाँजाको बोट फडानी तथा नष्ट गरेको छ।इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी गाउँ र नयाँ बस्तीमा रहेको ५ बिगाह क्षेत्रफलको गाँजाखेती फडानी गरेको हो।त्यसैगरी, इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १२ र १३ को क्षेत्रमा फैलिएको ४ बिगाह क्षेत्रफलमा रहेको गाँजाको खेती नष्ट गरेको छ।
प्रहरीका अनुसार गाँजा खेती फडानी र नष्ट गर्ने अभियानलाई स्थानीय समुदायको सहयोगमा अगाडि बढाइएको हो। यस प्रकारको कारबाहीले गाँजा खेती नियन्त्रण र स्थानीय क्षेत्रमा अवैध गतिविधि रोकथाममा योगदान पुग्ने विश्वास गरिएको छ।
यता बारा प्रहरीले यस्ता अवैध खेती नियन्त्रणका लागि निरन्तर निगरानी राख्दै कडा कारबाही जारी राख्ने बताएको छ।

प्रकाशित मिति: २०२५-०२-०७ , समय : १७:४७:१० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित