मधेस प्रदेश : हुन्डीको ७ लाख रकमसहित साह पक्राउ

मिति: २०२५-०२-०६ , समय : ०८:३९:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
हुन्डी कारोबारको आरोपमा मधेस प्रदेशस्थित जिल्ला प्रहरी कार्यालय पर्साले एक जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित सडक खण्डबाट पर्सा विन्दवासिनी गाउँपालिका ३ झौवाका ४३ वर्षीय अजय कुमार साहलाई पक्राउ गरेको हो।
शंका लागेर चेकजाँच गर्दा उनले लगाएको सेतो ट्र्याकसुटको दुवै गोजीमा ७ लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अजयकुमार साहले बताए। उनी विरुद्ध हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अगाडी बढाएको छ। सह यसअघि गएको वैशाखमा पर्साबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा चलाइएको पाइएको छ। उनी पटके हुन्डी कारोबारी रहेको पर्सा प्रहरीको दाबी छ।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : ०८:३९:५० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित