सप्तरीका महिलाहरुद्वारा मदिरा बिक्री बितरणकाे बिराेधमा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइयाे
मिति: २०२५-०२-०५ , समय : २२:१०:२४ , श्रीकान्त यादब
मिति: २०२५-०२-०५ , समय : २२:१०:२४ , श्रीकान्त यादब
श्रीकान्त यादब
राजविराज ।
सप्तरीको राजविराज स्थित नगरका विभिन्न गल्लि गल्लिमा खुलेका मदिरा पसलका कारण महिलाहरुलाई उक्त बाटो भएर हिड्न समस्या र असुरक्षा भएको भन्दै यसको उचित व्यवस्थापन गर्न माग गर्दै बुधबार महिलाहरुको एक टोलीले नगरपालिकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
तराई मधेश महिला फाउण्डेशन नेपालकी राष्ट्रिय अध्यक्ष सुनिता साह क्रान्तिको नेतृत्वमा महिलाहरुको टोलीद्वारा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
जथाभावी खोलिएका मदिरा पसलबाट मातेर निस्कने गरेका व्यक्तिहरुले महिलाहरुलाई जिस्क्याउने, असभ्य भाषाको प्रयोग गर्ने र समाजको वातावरण नै बिगार्ने गरेको भन्दै ध्यानाकर्षण पत्र मार्फत त्यसको अनुगमन र मदिरा पसललाई जथाभावी दिइने इजाजत पत्र बारे पुर्नमुल्याङकन गरिनु पर्ने आवश्यकता औल्याइएको छ ।
ध्यानाकर्षण पत्रमा मदिरा पसल खोल्ने र बन्द गर्ने समय सीमाको निर्धारण गरिनु पर्ने माग समेत गरिएको छ । यता ध्यानाकर्षण पत्र बुझदै राजविराज नगरपालिकाकि कार्यवाहक नगर प्रमुख परविनले यसबारे आफूले कडाईका साथ अनुगमन र समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-०५ , समय : २२:१०:२४ , ३ दिन अगाडि