मधेस प्रदेशमा ट्राफिक प्रहरीको असुली धन्दा …
मिति: २०२५-०२-०२ , समय : १२:१८:११ , गामघर डेस्क
मिति: २०२५-०२-०२ , समय : १२:१८:११ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको बारा जिल्लाकाे ट्राफिक प्रहरीको असुली धन्दाले यातायात व्यवसायीहरू आजित भएका छन् । सिमरा स्थित ट्राफिककाे असुलीले व्यवसायी आजित भएका हुन् ।
ड्रम बाेकेका यी सवारीसाधनका चालकहरूले भने अनुसार उनीहरूले ट्राफिक प्रहरीलाई महिनावारी रकम दिदै आएका छन् । तर पनि ट्राफिक प्रहरीले महिना बित्न नपाउंदै रकम माग्ने , अघिल्लो महिना भन्दा हरेक महिना बढी बढी रकम माग्ने गरेको र नदिए माल बाेकेकाे गाडी घण्टाै राेकेर दुख दिने गरेको बताए । गिट्टी बालुवा बाेक्ने , धान गहुँ बाेक्ने देखि अटाे र पिकअप गाडीहरूबाट पनि ट्राफिकले रकम असुली गरिरहेकाे दृश्य जाेकाेहीले पनि देख्न सक्छ । अहिले सिमरा ट्राफिक प्रहरीकाे प्रमुख असई बब्लु ठाकुर रहेका छन् ।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : १२:१८:११ , 3 months अगाडि