मधेस प्रदेश : आगजनी अभियोगका दोषी ठहर भएका एक कैदीको मृत्यु

मिति: २०२५-०२-०२ , समय : ०९:४७:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महरा छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जलेश्वरमा गएराति निधन भएको हो ।

कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार महराले पेटको ग्याससम्बन्धी औषधि सेवन गर्दै आएका थिए । शनिबार राति अचानक पेट दुखेपछि उनलाई उपचारका लागि मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो। “राति २ः३० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरे,” क्षेत्रीले बताए।

महरा २०३८ सालमा गाउँकै एक जमिन्दारको खेतमा आगजनी गरेको अभियोगमा दोषी ठहर भएका थिए। घटनापछि फरार रहेका उनलाई करिब दुई वर्षअघि धनुषा प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०९:४७:२२ , 3 months अगाडि