मधेस प्रदेश : ठगी गरेको आरोपमा नक्कली डिएसपी पक्राउ
मिति: २०२५-०२-०१ , समय : ११:२३:३५ , गामघर डेस्क
मिति: २०२५-०२-०१ , समय : ११:२३:३५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
आफूलाई नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा मधेस प्रदेशको धनुषाबाट एक युवक पक्राउ परेका छन् ।
सिरहाको लाहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
उनका अनुसार दिपकले डिएसपी भन्दै ५० हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरिएको हो । यता दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-०१ , समय : ११:२३:३५ , 3 months अगाडि